नेपालले वेस्ट इन्डिजसँगको अन्तिम खेलमा पराजित भएको छ । मंगलबार सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपालले ऐतिहासिक सिरिज क्लिन स्वीप गर्ने मौका गुमायो । अन्तिम खेलमा पराजित भए पनि नेपालले सिरिज भने २–१ ले जितेको छ । टेस्ट टोलीसँग पहिलोपल्ट सिरिज खेलेको नेपालले पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनको जित हात पारेको थियो ।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यसपल्ट नायक भने ओपनरद्वय अमीर जोङ्गु र अकिम अगुस्टे । यी दुई खेलाडीले अविजित पारी खेल्दै नेपालविरुद्ध क्लिन स्वीप हुनबाट टोलीलाई जोगाए । अमीरले ७४ रन बनाए भने अकिमले पनि ४१ रनको योगदान दिए ।
त्यसअघि शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । कप्तान रोहितकुमार पौडेल १७ रनमा आउट भए । अन्य ब्याटरको प्रदर्शन सम्झनयोग्य रहेन । वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस