Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन लिग : बायर्न र रियलको सहज जित, लिभरपुल स्तब्ध

अर्थ संसार

विहीबार, १६ असोज २०८२, ०७ : ५४ मा प्रकाशित

च्याम्पियन लिग : बायर्न र रियलको सहज जित, लिभरपुल स्तब्ध

च्याम्पियन लिगमा मंगलवार भएको खेलमा बायर्न म्युनिख र रियल म्याड्रिडले सहज जित निकाल्दा लिभरपुल भने स्तब्ब बनेको छ । रियलले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकाल्दा बायर्नले पनि पाफोसलाई ५–१ ले पराजित गरेको हो । लिभरपुल भने गालातासारेसँग १–० ले पराजित भयो । 

रियललाई जितमा किलियन एमबाप्पेले ह्याट्रिक गरे । च्याम्पियन्स लिगमा हिजो अन्य ८ खेलमा अधिकांश चर्चित क्लब विजयी भए । फ्रान्समा मार्सेलद आयाक्सलाई ४–० ले हरायो । इगोर पैक्साओले २ तथा मेसन ग्रिनवुड र पियरे एमरिक ओबामेयाङले समान १ गोल गरे । म्याड्रिडमा एट्लेटिकोले जर्मन क्लब आइन्ट्राख्ट फ्रान्कफर्टलाई ५–१ ले हरायो। एन्टोइन ग्रिजमनले आफ्नो २ सयौं गोल पूरा गरे । इटालीमा एट्लान्टाले बेल्जियमको क्लब ब्रुजलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफमा पछाडि परेको एट्लान्टाले दोस्रो हाफमा लाजार सामाद्र्जिकको पेनाल्टी र मारियो पासालिचको अन्तिमतिरको गोलबाट जित निश्चित गर्‍यो ।

जर्मनीको बायर्न म्युनिखले साइप्रसको पाफोसलाई ५–१ ले हरायो । ह्यारी केनले २ तथा राफाएल गुरेरो र निकोलास जाक्सनले गोल गरे । लन्डनमा चेल्सीले बेन्फिकालाई १–० ले पराजित ग¥यो । नर्वेको बोडो÷ग्लिम्ट र टोटनहमबीचको खेल २–२ को बराबरीमा टुंगियो। घरेलु टोलीले अग्रता लिए पनि अन्त्यतिर टोटनहम खेलमा फर्कन सफल रह्यो । इटालीको इन्टर मिलानले स्लाभिया प्रागलाई ३–० ले हरायो। इन्टरले सुरुदेखि खेल नियन्त्रणमा राख्दै सहज जित निकाल्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको