Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन्स लिग फुटबल : पीएसजीसँग बार्सिलोना पराजित

अर्थ संसार

शुक्रबार, १७ असोज २०८२, ०७ : १६ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल : पीएसजीसँग बार्सिलोना पराजित

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई हराएको छ । बुधबार राति समूह चरणको खेलमा पीएसजीले बार्सिलोनालाई २–१ ले हराएको हो ।

घरेलु टोली बार्सिलोनाले फरान टोरेसको गोलमा खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर उक्त अग्रता जागाउन नसक्दा बार्सा घरमै पराजित हुन पुगेको हो । पीएसजीका सन्नी मायुलाले पहिलो हाफमै पाहुना टोलीलाई बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा गोन्कालो रामोसले पीएसजीका लागि विजयी गोल गरे ।

गए राती भएका अन्य खेलहरुमा इङ्लिस क्लब म्यानचेस्टर सिटी मनाकोसँग २–२ गोलको बराबरी खेल्दा अर्को इङ्लिस क्लब आर्सनलले ओलम्पियाकोसलाई २–० ले हरायो ।

त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले एटलेटिको क्लबमाथि ४–१ को शानदार जित निकाल्दा युभेन्ट्स र भिल्ला रियलले २–२ गोलको बराबरी खेले ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको