वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत बलियो अवस्थामा देखिएको छ । अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो पारीमा १६२ रनमा रोकेको भारतले पहिलो दिनको खेल सकिदा २ विकेट गुमाएर १२१ रन बनाएको छ । याे अवस्थामा भारत ४१ रनले मात्रै पछि छ र उसकाे ८ विकेट बाँकी छ ।
टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए । उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे । सिराजले योसँगै सन् २०२५ मा विश्व टेस्ट च्याम्पियनसिपमा सबैभन्दा धेरै विकेट लिने बलर बने । कुलदीप यादवले पनि २ विकेट लिए ।
वेस्ट इन्डिजका लागि जस्टिन ग्रिभ्स सर्वाधिक ३२ रन बनाए । कप्तान रोस्टन चेजले २४ रन र शाई होपले २६ रन बनाए । जवाफमा भारतका ब्याटरले पहिलो दिनमै प्रभुत्व जमाए । भारतका लागि केएल राहुल नटआउट ५३ रन बनाएर खेलिरहेका छन् भने कप्तान शुभमन गिलले १८ रनमा साथ दिइरहेका छन् । त्यस्तै यशस्वी जयसवालले पनि टोलिका लागि ३६ रनको पारी खेले । साई सुदर्शन ७ रन आउट भए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस