वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेको पहिलो पारिमा भारतले दोस्रो दिनको खेल सकिदा ५ विकेटको क्षतिमा ४४८ रन बनाएको हो । यो अवस्थामा भारत २८६ रनले अगाडि छ ।
अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे । उनले १०० रन बनाए । त्यस्तै, कप्तान शुभमन गिलले पनि अर्धशतक पूरा गरे । ध्रुव जुरेलले टोलिका लागि सार्वधिक १२५ रन बनाए । अलराउण्डर रविन्द्र जडेजा १०४ रनमा नटआउट रहेका छन् । उनी तेस्रो दिन वाशिङटन सुन्दर (९) सँगै ब्याटिङ सुरु गर्नेछन्।
भारतले २ विकेटको क्षतिमा १२१ रनबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । वेस्ट इन्डिज पहिलो पारीमा १६२ रन अलआउट भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस