Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियाविरुद्ध दोस्रो खेलमा नेपालको सहज जित

अर्थ संसार

शनिबार, १८ असोज २०८२, १६ : ४५ मा प्रकाशित

मलेसियाविरुद्ध दोस्रो खेलमा नेपालको सहज जित

मलेसियामा जारी घरेलु टोलीसँगको २० ओभरको सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले सहज जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो । योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ ।  नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन् । इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपिन । 

मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन् । मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए । त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो । मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि सुमन विष्टले २ विकेट लिइन् । कविता कुँवरले  एक विकेट झारिन् । मलेसियाका लागि आइन्ना हामिजाहले नेपालविरुद्ध अर्धशतक पूरा गरिन् । विनिफ्रेडले १५ रन थपिन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको