Like us!
Follow us!
Connect us!
Watch us!

जडेजा चम्किएको खेलमा भारत इनिङ अन्तरले विजयी, सिरिजमा १–० को अग्रता

अर्थ संसार

शनिबार, १८ असोज २०८२, १८ : ०० मा प्रकाशित

जडेजा चम्किएको खेलमा भारत इनिङ अन्तरले विजयी, सिरिजमा १–० को अग्रता

वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारत इनिङ अन्तरले विजयी भएको छ । तेस्रो दिनमा नै खेलको नतिजा निस्केको खेलमा भारत एक पारी र १४० रनले विजयी भएको हो । 

वेस्ट इन्डिज दोस्रो पारीमा ४५ ओभार १ बलेमा १४६ रनमा अलआउट भएपछि भारतले ठूलो अन्तरको जित निकालेको हो । वेस्ट इन्डिजका लागि एलिक एथानाजेले सर्वाधिक ३८ रनको पारी खेले । त्यस्तै जस्टिन ग्रीव्सले २५ रन बनाए भने जेडेन सील्स २२ रनको योगदान दिए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रविन्द्र जडेजा एक्लैले ४ विकेट लिए । त्यस्तै मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप यादवले पनि २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा एक विकेट रह्यो । यस अघि पहिलो पारीमा ३ खेलाडीले शतक पूरा गरेपछि भारलते ४४८ रनमा आफ्नो पारी समाप्तिको घोषणा गरेको थियो । भारतले तेस्रो दिनको सुरुमा नै ५ विकेटको क्षतिमा ४४८ रन बनाएको अवस्थामा पारी घोषणा गरेको थियो । 

भारतले पहिलो पारीमा २८६ रनको अग्रता लिएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । अहमदाबादमा केएल राहुल, रविन्द्र जडेजा र ध्रुव जुरेलले सतक प्रहार गरे । राहुलले १०० रन बनाए । त्यस्तै जुरेलले १२५ रन बनाए भने जडेजा १०४ रनमा अविजित रहे । त्यस्तै, कप्तान शुभमन गिलले पनि अर्धशतक पूरा गरे । पहिलो पारीमा वेस्ट इन्डिज १६२ रन अलआउट भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको