Like us!
Follow us!
Connect us!
Watch us!

वार्मअप खेलमा नेपालको सहज जित, ओमन ६ विकेटले पराजित

अर्थ संसार

आइतबार, १९ असोज २०८२, ०७ : ३८ मा प्रकाशित

वार्मअप खेलमा नेपालको सहज जित, ओमन ६ विकेटले पराजित

आईसीसी टी ट्वान्टी विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।

ओमानले प्रस्तुत गरेको १११ रनको सामान्य लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रनको शानदार पारी खेले । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा १ रनमा नटआउट रहे ।

पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो । ओमानलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिएका थिए । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ । सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको