Like us!
Follow us!
Connect us!
Watch us!

दशैंँ पछि सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन ७४ सयले बढेर २ लाख ३० हजार माथि

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १० : ४२ मा प्रकाशित

दशैंँ पछि सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन ७४ सयले बढेर २ लाख ३० हजार माथि

दशैँ बिदा पछि मूल्य निर्धारण भएको सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य एकै दिन ७ हजार ४०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । गत असोज १२ गते सुन तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

सुन सँगै आज चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ । यो अघिल्लो आइतबारको भन्दा १२० रुपैयाँले बढी हो । गत आइतबार चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको