Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १३ : ४१ मा प्रकाशित

तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

मलेसियाविरुद्धको टी–२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलि पराजित भएको छ । आज भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो । 

योसँगै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । पहिलो खेलमा मलेसियाले ३ रनको जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपालले ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको थियो । तेस्रो खेलमा मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।

नेपालकी ओपनर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन्। ३७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। कप्तान इन्दु बर्मा २२, ओपनर सम्झना खड्का १८ र कविता कुँवर १५ रनमा आउट भइन् । मलेसियाका नुर दानिया र एलिसा फिरदौजले समान १ विकेट लिइन् । त्यसअघि क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

ओपनर आइन्ना हमिजाह हाशिमको सर्वाधिक ६१ रन बनाइन्। ५८ बलमा उनले ५ चौका प्रहार गरिन्। मास एलिसा ३० र वान जुलिया १६ रनमा आउट भइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २ विकेट लिइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको