सरकारले सार्वजनिक बिदा कटौति गरेपनि सेयर बजार भने आज बन्द नै रहने भएको छ । असोज १९ गते आइतबारदेखि खुल्नु पर्ने सेयर बजार अबिरल बर्षा पछि सरकारले सार्वजनिक बिदा दिएका कारण कारोबार हुन नसकेको हो ।
सरकारले आजका लागि बिदा फिर्ता लिए पनि सेयर बजार भने भोलिबाट मात्रै खुल्ने भएको हो । नेप्सेले सूचना जारी गरेर भोलिबाट मात्रै सेयर कारोबार हुने जानकारी दिएको हो । असोज १३ गतेबाट फूलपाती शुरू भएसँगै सेयर बजार बन्द भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस