Like us!
Follow us!
Connect us!
Watch us!

सनुचाँदीको मूल्यमा लगातार रेकर्ड, एकै दिन २५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २० असोज २०८२, १० : ४० मा प्रकाशित

सनुचाँदीको मूल्यमा लगातार रेकर्ड, एकै दिन २५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा बढ्दै गएर नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको हो । 

आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको