नेपाल धितोपत्र बोर्डमा करिब २३ करोड रुपैयाँको एफपीओ पाइपलाइनमा रहेको छ । कम्पनीहरुले पुँजी विस्तारका लागि थप सेयर निष्काशन (एफपीओ) जारी गर्नका लागि बोर्डकाे अनुमतिको प्रतिक्षा गरिरहेका छन् ।
हाल बोर्डमा २२ करोड ८६ लाख ६९ हजार ९८७ रुपैयाँको एफपीओ पाइपलाइनमा रहेको छ । एफपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका र स्वीकृतिको पर्खाइमा रहेका कम्पनीको संख्या ३ वटा रहेको छ । ती कम्पनीको २२ लाख ८६ हजार ७०० कित्ता एफपीओ अनुमतिको पर्खाइमा रहेको छ ।
एफपीओ जारी जारी गर्नका लागि अनुमतिको प्रतिक्षामा रहेका तीन वटै लघुवित्त कम्पनी हुन् । बोर्डबाट अनुमतिको प्रतिक्षामा रहेका लघुवित्तमा मातृभूमि लघुवित्त, नेशनल लघुवित्त र विजय लघुवित्त रहेका छन् । मातृभूमी लघुवित्तको ११ लाख ४९ हजार ९८३ कित्ता एफपीओ जारी गर्नका लागि अनुमति मागेर आवेदन दिएको छ । यो कम्पनीले कुल ११ करोड ४९ लाख ९८ हजार २६० रुपैयाँ मूल्य बराबरको एफपीओ जारी गर्न बोर्डसँग अनुमति माग गरेको छ ।
त्यस्तै नेशनल लघुवित्तले ६ करोड ६९ लाख ९० हजार २७ रुपैयाँ मूल्य बरारबका ६ लाख ६९ हजार ९०० कित्ता एफपीओ जारी गर्नका लागि अनुमति माग गरेर आवेदन दिएको छ । त्यस्तै विजय लघुवित्तको ४ लाख ६६ हजार ८१७ कित्ता आएफीओ पाइपलाइनमा रहेको छ । उक्त एफपीओको मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ हुन आउँछ ।
बोर्डले पछिल्लो समय २०८२ साल असार २२ गते हिमालय बैंकलाई एफपीओ जारी गर्नका लागि अनुमति दिएको थियो । चालु आर्थिक वर्षमा भने कुनै पनि कम्पनीले एफपीओ जारी गर्नका लागि अनुमति पाएका छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस