ओमानमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । आईसीसी टी–२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो ।
यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पाखा लगाएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए । नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए ।
त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले समान ३८ रनको योगदान दिए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान २ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस