Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको स्थिर, कति चाहिन्छ एक तोला खरिद गर्न ?

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १० : १९ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको स्थिर, कति चाहिन्छ एक तोला खरिद गर्न ?

नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन पनि रकर्ड कायम गरेको सुनको मूल्यमा आज एकै दिन २ हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो । 

आज सुन तोलामा २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य त्यति नै रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको