Like us!
Follow us!
Connect us!
Watch us!

बैंक खाता अरुलाई चलाउन दिएर ‘मनी म्युल’ त बन्नुभएको छैन् ? राष्ट्र बैंकको सचेत रहन आग्रह

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १० : ४८ मा प्रकाशित

बैंक खाता अरुलाई चलाउन दिएर ‘मनी म्युल’ त बन्नुभएको छैन् ? राष्ट्र बैंकको सचेत रहन आग्रह

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ‘मनी म्युल’ नबन्न,सचेत रहन सुझाव दिएको छ।

बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। सूचना अनुसार अरू व्यक्तिले गैरकानुनी तरिकाले कमाएको पैसा आफ्नो बैंक खातामार्फत सार्न दिने व्यक्तिलाई ‘मनी म्युल’ भनिन्छ।

‘मनी म्युल’ हुन जोगिन राष्ट्र बैंकले सावधानी अपनाउन पनि सुझाव दिएको छ। आफ्नो बैंक खातामा अरुको पैसा राख्दा वा कसैलाई आफ्नो खाता प्रयोग गर्न दिँदा ठूलो जोखिम हुने केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी ‘लामो समयको सजिलो पैसा !’ भन्नेजस्ता प्रस्ताव स्वीकार नगर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ। ‘यो कार्यले तपाइँलाई जेलसम्म पुर्याउन सक्छ’, राष्ट्र बैंकले चेतावनी दिएको छ।

आफ्नो खाता नम्बर, पासवर्ड र व्यक्तिगत विवरण नचिनेका व्यक्तिलाई कहिल्यै नदिन राष्ट्र बैंकले आग्रह गरेको छ। ‘खातामा तपाइँको अधिकार, सुरक्षा पनि तपाइँकै जिम्मेवारी’, राष्ट्र बैंकले भनेको छ, ‘सधैँ सचेत रहनुहोस् र आफ्नो पैसाको पूर्ण नियन्त्रण राख्नुहोस्।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको