Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ पछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च गिरावट, कारोबार साढे ४ अर्ब माथि

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १५ : ३१ मा प्रकाशित

दशैँ पछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च गिरावट, कारोबार साढे ४ अर्ब माथि

दशैँ बिदा पछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । असोज १२ गतेपछि पहिलो पटक खुलेको बजरमा ५८.५५ अंकको गिरवाट आएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २६०४.९६ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा २.१९ प्रतिशतले कम हो । आज सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मात्रै बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन बजारममा साढे ४ अर्ब माथिको कारोबार भएको छ । 

आज ३२६ कम्पनीका १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ५५ हजार ४५० पटक खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा गिरावट आए पनि एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको