Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियामाथि नेपालको जित, सिरिजमा पुनरागमन

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १५ : ३७ मा प्रकाशित

मलेसियामाथि नेपालको जित, सिरिजमा पुनरागमन

मेलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमो नपाल विजयी भएको छ । मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको कप्तानी पारीसँगै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

यो जितसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ । यसअघि मलेसियाले ३ र १३ रनको जित हात पारेको थियो । नेपालले भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता टुंगो लगाउने भएको छ । सिरिजमा पुनरागमन गराउन इन्दुले अविजित रहँदै सर्वाधिक ४८ रन बनाइन् । ३९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन् । रुविना क्षेत्रीले २३ रन बनाइन् । उनी पनि अविजित रहिन् । कविता कुँवर १६ र सम्झना खड्का ११ रनमा आउट भइन् । मलेसियाका आइन्ना हसिम, नूर दानिया र इज्जती इस्लामले समान १ विकेट लिए ।

सअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो । मलेसियाकी मास एलिसाले सर्वाधिक ५६ रनको योगदान दिइन् । इज्जती इस्लाम १८ र नूर दानिया १५ रनमा आउट भइन्। मलेसियालाई सस्तैमा रोक्न कविताले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले नाममा समान एक विकेट राखे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको