एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बिक्रीमा राखेको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो । बिक्री अवधिभर प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू असोज १० गते खोली असोज २० गते बिक्री प्रबन्धक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फ १०५.५० रुपैयाँ र सर्वसाधारण समूहतर्फ ४२२.५० रुपैयाँ कायम भएको छ । कम्पनीले उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस