बुधबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन कायम भएको रेकर्ड आज तोडिएको हो ।
आज सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९६० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस