बुधारबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज पनि उच्च अंककै गिरावट आएको हो ।
आज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.७४ प्रतिशतले कम हो । आज सेयर बजारमा २३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको मात्रै बढेको छ । एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.१५ अंकले घटेर ४४६.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सृयर बजारमा ३३५ कम्पनीका १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ६३ हजार ५०९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस