नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेयर बजार घट्नुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । अहिलेको अवस्था कहिलेसम्म कायम रहन्छ भन्ने कुरामा लगानीकर्ताहरुमा अन्यौलता रहेको उनले बताएका हुन् ।
राजनीति अस्थिरता र अर्थमन्त्रालयले दिएको निर्देशन समेत कार्यान्वयन नभएका कारणले गर्दा बजारमा त्यसको नकारात्मक प्रभाव परेको उनको भनाइ छ । ‘पुँजी बजारलाई मनोविज्ञानले धेरै ठूलो असर गर्छ । अहिले लगानीकर्ताको मानसिक अवस्था नै कमजोर रहेको छ,’ उलने भने । बजारमा ब्रोकरले पनि सकारात्मक भूमिका नखेलेको उनको भनाइ छ ।
अहिले बजार घट्नु पर्ने फण्डामेन्टल कारण केही नरहेको उनको भनाइ छ । अहिले बजार घट्नुको कारण भनेको अस्थिरता नै हो । ‘यसमा अन्य फण्डामेन्टल कारण केही छैन,’ उलने भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस