नेपाल स्टक ब्रोकर एसोसिएनका पूर्व अध्यक्ष भरत रानाभाटले अर्थमन्त्रालयको निर्देशकन कार्यान्वयनमा नआउँदासम्म बजारले गति लिन नसक्ने बताएका छन् । सबै सूचक सकारात्मक हुँदा पनि अर्थ मन्त्रालयको निर्देशन कार्यान्वयनमा नआउँदा बजारमा सकारात्मक प्रवाभ नदेखिएको उनले बताएका हुन् ।
राजनीतिक अस्थिरताले गर्दा बजार घटेको बताएका रानाभाटले अहिले लगानीकर्ताहरु निकै पिडामा रहेको समेत बताए । मन्त्रालयले निर्देशन मात्रै दिने भन्दा पनि कार्यान्लयनमा जोड दिनु पर्ने उनको भनाइ छ । अन्योलताका कारणले बजारमा नकारात्मक असर गरेको भन्दै केही सुधार गर्न सकेको खण्डमा बजारले गति लिने उनको विश्वास थियो । ‘अहिले लगानीकर्तामा अन्यौलताको अवस्था छ । सरकारले केही सुधार गरेको खण्डमा बजारले गति लिन्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस