Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी टी–२० विश्वकप छनोट : नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०८ : १० मा प्रकाशित

आईसीसी टी–२० विश्वकप छनोट : नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाािध ६६ रन बनाए । त्यस्तै, गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले २०–२० रन बनाएका थिए ।

१४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालका ललित राजवंशीले, सन्दीप लामिछाने, रोहित पौडेलले समान २–२ विकेट लिए ।  त्यस्तै कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको