Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफले एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर बिक्री गर्दै

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०८ : २५ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफले एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर बिक्री गर्दै

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । 

इन्स्योरेन्सले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

निवेदन काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ । साथै तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको