Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, एक तोला किन्न कति चाहिन्छ पैसा ?

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, एक तोला किन्न कति चाहिन्छ पैसा ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च बनेको हो । 

आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको