Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको लचकता पछि सेयर बजारमा उछाल, सकारात्मक सर्किट सहित २० मिनेटका लागि कारोबार स्थगित

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ११ : ०७ मा प्रकाशित

राष्ट्र बैंकको लचकता पछि सेयर बजारमा उछाल, सकारात्मक सर्किट सहित २० मिनेटका लागि कारोबार स्थगित

नेपाल राष्ट्र बैंकले अघिल्लो दिन नीतिका लचकता अपनाए पछिको पहिलो कारोबार दिनको सुरुमा नै सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको पहिलो तीन मिनेट मै सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार रोकिएको हो । 

आजको कारोबार खुल्न वित्तिकै सेयर बजारमा १०२.४१ अंकको वृद्धि देखियो । जुन अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले धेरै हो । सेयर बजारमा पहिलो एक घण्टामा ४ प्रतिशतको वृद्धि वा गिरावट भएमा कारोबार २० मिनेटका लागि रोकिन्छ । सोही अनुसार अहिले सेयर बजार २० मिनेटका लागि रोकिएको छ । 

पहिलो तीन मिनेको कारोबारमा परिसूचक २६६२  विन्दुमा पुगेको छ । यो अवधिमा २७ करोड माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको