हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपीन जोशीको २०२३ नोभेम्बरमा खिचिएको पुरानो भिडिओ हालै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन् । भिडिओ अहिले किन सार्वजनिक गरियो भन्ने प्रश्न पनि व्यापक रूपमा उठिरहेको छ ।
यही सन्दर्भमा, विपीनकी बहिनी पुष्पा जोशीले एक भिडियो सन्देशमार्फत स्पष्टीकरण दिँदै उक्त भिडिओ सार्वजनिक गर्नुको उद्देश्य कायरोमा चलिरहेको शान्तिवार्तामा सहभागी पक्षहरूले बन्धक र उनका परिवारको पीडा बुझून् र सहानुभूतिपूर्वक अन्तिम निर्णयमा पुगून् भन्ने रहेको बताएकी छन् ।
पुष्पाले भनिन्,'भिडियो पुरानो भएपनि आज किन रिलिज गर्नुभयो भनेर धेरैलाई लागिराको होला । अहिले चैँ हामी यूएसए (अमेरिका) मा छौँ । अहिले कायरोमा नेगोसेसन टीमहरु युद्धविरामको लागि मिटिङ बसिराख्नु भएको छ । सायद मैले यो भिडिओ पब्लिक गरेपछि उनीहरूलाई अलि प्रेसर हुनसक्छ । उनीहरुले एउटा परिवारको पीडा बुजेर र होस्टेजको पीडा बुजेर अन्तिम निर्णय सम्म पुग्न सकुन् अनि मेरो दादालाई छिटोभन्दा छिटो रिलिज गरुन् । अरु ४८ होस्टेजहरुलाई छिटोभन्दा छिटो रिलिज गरुन् । उनीहरुलाई आफ्नो परिवारसँग फिर्ता ल्याइदिउन् भन्ने सोचले प्रेसर क्रेट होस् भन्ने सोचेर भिडिओ सार्वजनिक गरिएको हो । म विश्वस्त छु कि उ त्यहाँ ठिक छ र म विश्वस्त छु कि छिट्टै मैले दादालाई देख्नेछु । उसको हात समाउन पाउने छु ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस