Like us!
Follow us!
Connect us!
Watch us!

विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

अर्थ संसार

शुक्रबार, ११ बैशाख २०८३, १६ : २५ मा प्रकाशित

विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्।

‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो । आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको