Like us!
Follow us!
Connect us!
Watch us!

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक,विपिन परेनन्

अर्थ संसार

सोमबार, २७ असोज २०८२, ११ : ०२ मा प्रकाशित

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक,विपिन परेनन्

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।

बीबीसीका अनुसार सार्वजनिक गरिएको सूचीमा रहेका बन्धकहरूमा बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ-चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ-डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो समावेश छन्।

हमासका बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको निगरानीमा इजरायली सेनाको जिम्मा लगाइनेछ। बन्धकहरूलाई रिहा गर्ने तयारीस्वरूप अहिले गाजा स्ट्रिपमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरू पुगिसकेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको