गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको छ । सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।
हमासले यसअघि जीवित रहेका २० जना इजरायली बन्धकहरू रेडक्रस मार्फत् इजरायल सरकारलाई हस्तान्तरण गरिसकेको छ। जीवित बन्धकको हस्तान्तण गरिसकेपछि अब क्रमशः मृतक बन्धकको शव हस्तान्तरण गर्न लागिएको हो।
द टाइम अफ इजरायलका अनुसार हमासले सोमबार विपिन जोशीको शवसँगै गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको छ। सन २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिन जोशीलाई बन्धक बनाएर लगेको थियो। विपिन जोशी उक्त आक्रमण हुनुभन्दा एक महीनाअघि मात्रै लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपालीले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस