Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७४ खर्ब बढी, लगानी ५६ खर्ब माथि

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १२ : २१ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७४ खर्ब बढी, लगानी ५६ खर्ब माथि

बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ७४ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ७४ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने ५६ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । संकलन भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्रै ६७ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ । 

त्यस्तै जम्मा कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुको मात्रै ५० खर्ब ५ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलताको अवस्था रहेको छ । जसले गर्दा केन्द्रीय बैंकले बजारबाट नियमित रुपमा रकम प्रशोचन गरिरहेको छ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले सीडी रेसियो ७४.५५ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर औषतमा २.७५ प्रतिशत रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको