युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगे पछि स्थगित गरिएको हो ।
कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको थियो । कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ । उक्त सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।
सभाले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर तिर्नका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने र त्यसपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव तय पारीत गर्ने कार्यतालिका रहेको थियो ।
त्यसैगरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि समावेश थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस