आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्दै छ । यो खेलमा जित हासिल गरेको खण्डमा नेपाल समूह विजताका रुपमा सुपर ६ मा पुग्ने छ ।
ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा कुवेतमाथि ५८ रनको सशक्त जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाइसकेको छ । तर, अब ध्यान समूह विजेताको रूपमा अघि बढ्नेमा केन्द्रित छ ।
जापानले पनि कुवेतलाई पराजित गरेर विजयी सुरुवात गरिसकेको छ । कुवेतमाथि ५ विकेटको जितपछि जापानको टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ ।
दुवै टोली सुपर सिक्समा पुगिसके पनि समूह विजेताको टुंगो आजको नतिजाले निर्धारण गर्नेछ । नेपाल र जापान पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा आमनेसामने हुन लागेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस