नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज सुन तोलाममा ४ हजार २०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर कीर्तिमान कायम गरेको छ । आज चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार २५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस