Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा १० वाणिज्य बैंकको सेयर मूल्य २५० भन्दा कम, सबैभन्दा बढी एभरेष्टको हुँदा अन्य कुन बैंकको कति ?

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १२ : ४७ मा प्रकाशित

दोस्रो बजारमा १० वाणिज्य बैंकको सेयर मूल्य २५० भन्दा कम, सबैभन्दा बढी एभरेष्टको हुँदा अन्य कुन बैंकको कति ?

दशैँ पछि यो साताको अन्तिम दिनको कारोबारमा सेयर बजारमा दोहोरो अंकको सुधार देखियो । परिसूचक २२ अंकले बढेको बिहीबारको कारोबारमा सबै १९ वटा वाणिज्य बैंकको सेयर मूल्य बढेको थियो । सबै बैंकको सेयर मूल्य बढ्दा पनि १० वटा वाणिज्य बैंकको सेयर मूल्य दोस्रो बजारमा २५० रुपैयाँ भन्दा कम छ । 

एउटा बैंकको सेयर मूल्य २०० रुपैयाँ भन्दा पनि कम रहेको छ । २०० रुपैयाँ भन्दा कम सेयर मूल्य हुने बैंकमा कुमारी बैंक रहेको छ । यो बैंकको सेयर मूल्य बिहीबारको कारोबार बन्द हुँदा १८९ रुपैयाँ रहेको छ । यो बुधबारको भन्दा सामान्य बढी हो । कुमारी बैंक सहित १० वटा बैंकको सेयर मूल्य २५० भन्दा कम रहेको छ । दोस्रो बजारमा बैंकमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले आधाभन्दा बढी बैंकको सेयर २५० रुपैयाँ भन्दा कम मानै किन्न पाउछन् । 

२५० रुपैयाँ भन्दा कम सेयर मूल्य हुने बैंककमो कुमारी बैंक, सिटिजन, ग्लोलब आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, प्रभु र प्राइम कमर्सीयल रहेका छन् । नेपाल बैंकको सेयर मूल्य भने २५० रुपैयाँ रहेको छ । बिहीबारको कारोबार बन्द हुँदा सिटिजन बैंकको सेयर मूल्य २०७ रुपैयाँ ८० पैसा, ग्लोबलको २४२ रुपैयाँ ९० पैसा, हिमालयन बैंकको २०० रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २२२ रुपैयाँ रहेको छ । त्यस्तै माचापुच्छ्रे बैंकको २२० रुपैयाँ, इन्भेष्टमेन्ट मेगाको २०५ रुपैयाँ, एनएमबीको २४० रुपैयाँ ९० पैसा, प्रभुको २०४ रुपैयाँ ८० पैसा र प्राइमक कमर्सीयलको २४२ रुपैयाँ ९० पैसा रहेको छ । 

सबै भन्दा बढी सेयरमूल्य भएको बैंक एभरेष्ट 

वाणिज्य बैंकहरुमध्ये दोस्रो बजारमा सबै भन्दा धेरै सेयर मूल्य भएरेष्ट बैंकको रहेको छ । यो बैंकको सेयर मूल्य दोस्रो बजारमा ७१७ रुपैयाँ रहेको छ । एभरेष्ट पछि धेरै सेयर मूल्य हुने बैंकमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक रहेको छ । जसको सेयर मूल्य दोस्रो बजारमा ६२५ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै नविल बैंकको सेयर मूल्य अहिले दोस्रो बजारमा ५१९ रुपैयाँ रहेको छ । त्यस्तै सिद्धार्थ बैंकको सेयर मूल्य ३५७ रुपैयाँ ५० पैसा, एसबिआई बैंकको ३८३ रुपैयाँ ७० पैसा र एनआईसी एशिया बैंकको ३२८ रुपैयाँ रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको