Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको सञ्चालक अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए, बरालको ठाउँमा खत्री

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १५ : १९ मा प्रकाशित

धितोपत्र बोर्डको सञ्चालक अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए, बरालको ठाउँमा खत्री

पुँजी बजारको नियामक निकाय नेपाल धित्रोपत्र बोर्डको सञ्चालकमा अर्थमन्त्रालयले आफ्नो प्रतिनिधि फेरेको छ । मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालकमा पठाएको हो । 

पछिल्लो समय रामेश्वर खनाल अर्थमन्त्री भएर आए लगत्तै महेश बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिएर पन्छाइएको थियो । बरालले बिचौलियालाई सहयोग पुग्ने गरी काम गरेको आरोप लाग्दै आएको छ । सोही कारण धितोपत्र बोर्डबाट पनि बराललाई हटाइएको बुझिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको