कामना सेवा विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको १९ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाले १० प्रतिशत बोनश सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ । साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसै गरी सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त साधारण सभाले आ.व. २०८२/८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस