Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली जेनजीलाई एक्सपोज गरौं - प्रचण्ड

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १५ : २९ मा प्रकाशित

नक्कली  जेनजीलाई एक्सपोज गरौं - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।

‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको