Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १० : ४० मा प्रकाशित

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण प्रयोग गरी रकम संकलन गरिरहेको छ। राष्ट्र बैंकले आज असोज २६ गते बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी आगामी कार्तिक २ मा हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । 

यो ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको