Like us!
Follow us!
Connect us!
Watch us!

‘राज्य म नै हुँ’ जस्तो गर्नेमाथि अर्गानिक–वेमा उपचार हुन्छ - गृहमन्त्री अर्याल

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, ११ : ४६ मा प्रकाशित

‘राज्य म नै हुँ’ जस्तो गर्नेमाथि अर्गानिक–वेमा उपचार हुन्छ - गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नरहे पनि आफू नै राज्य हो भन्ने सोच राख्नेहरूमाथि मौलिक ढंगमा 'उपचार' गरिने चेतावनी बताएका छन् । सुदूरपश्चिमको प्रतिनिधित्व लगायतका माग राख्दै आमरण अनशनमा बसेका अछामका मदन बुढाको आज अनशन समाप्त गराउँदै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन्।

सरकार परिवर्तन भए पनि केही व्यक्तिमा अझै आफू सरकारमै रहेकोजस्तो व्यवहार देखिएको उल्लेख गर्दै उनले यस्तो विकृति हटाउन आफू सक्रिय रहेको स्पष्ट पारे।

‘सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,’ मन्त्री अर्यालले भने, ‘त्यो विकृत हो, त्यो रोग हो । त्यो रोगको ट्रिटमेन्ट अर्गानिक–वेमा गरिरहेका छौं हामी ।' उनले थपे, ‘सरकारको पो नयाँ पाउनुभयो । अरु बाँकी सत्ता कसको छ अहिले पनि ? के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् उनीहरूले ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको