सरकारले नागरिकता र राष्ट्रिय परिचयपत्रको सूचना प्रणालीबीच अन्तरआबद्धता सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा यसको जानकारी दिएका हुन्।
यससँगै अब सेवाग्राहीले एउटै विवरणका लागि विभिन्न निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने र बायोमेट्रिकका लागि धाइरहनुपर्ने झन्झट हट्ने छ । यसले सेवाग्राहीको समय र लागत दुवै बचत हुनेछ। हाल केही स्थानबाट सुरु भएको यो केन्द्रिकृत सेवा छिट्टै देशभर विस्तार गरिने गृहमन्त्रीले बताए।
उनले भने ,‘गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौं। राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता आवेदन फारम भरी जैविक विवरणसहित आवेदन गर्न राष्ट्रिय परिचयपत्र इकाई रहेका स्थानमा वायोमेट्रिक जाने गरेको अवस्थाले नागरिकले खर्च गर्नुपरेको समय र लागतलाई न्युनिकरण गर्ने मुल उद्देश्य रहेको छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस