Like us!
Follow us!
Connect us!
Watch us!

आफूले विष पिएर हिंसा रोकेको हुँ - गृहमन्त्री अर्याल

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १३ : ५७ मा प्रकाशित

आफूले विष पिएर हिंसा रोकेको हुँ - गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले विष पिएर आफूले हिंसा रोकेको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जेनजी आन्दोलनपछि सबैतिरबाट आफूमाथि चौतर्फी आक्रमण हुँदा पनि हिंसा भड्किन नदिएको बताए ।

मन्त्री अर्यालले भने,‘जेनजी आन्दोलनपछि ममाथि चौतर्फी आक्रमण भएको थियो । जेनजीकै नाममा पनि कतिपयले हिंसा गर्न खोजेका थिए । त्यतिबेला विष आफूले पिएर हिंसा रोकेको हुँ । सबैतिरबाट आक्रमण हुँदा पनि विचलित नभई काम गर्‍यौं। पहिला सुरक्षा निकायमा पक्षपात, दुरुपयोग हुन्थ्यो । नियुक्ति, सरुवा, बढुवामा अनियमितता हुन्थ्यो । त्यो अहिले कतै भएको छैन । अहिले अधिकारको दुरुपयोग नहुँदा मनोबल उठेको छ । यो पटक बल्ल सुरक्षाकर्मीले म सुरक्षाकर्मी हुँ भन्ने महसुस गरेका छन्।'

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको