Like us!
Follow us!
Connect us!
Watch us!

कोही मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन - ओमप्रकाश अर्याल

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १२ : २५ मा प्रकाशित

कोही मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन - ओमप्रकाश अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । 

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारे। उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरे।

जेन–जी आन्दोलन सुशासन स्थापना गर्ने उद्देश्यले भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। तोकिएको मितिमा निर्वाचन हुन नसके देश गम्भीर संकटतर्फ जान सक्ने चेतावनी दिँदै उनले सरकारले जसरी पनि निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गरे। साथै, सरकारले गरिरहेका कामप्रति हौसला प्रदान गर्दै सरकारको मनोबल बढाइदिन उनले आग्रह गरे। यसै अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन र स्रोतले सुसज्जित बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री बानियाँले एआई तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम र त्यसबाट पर्ने असरप्रति पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको