गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्व सुनिश्चित गर्न निर्वाचन अपरिहार्य भएको बताएका छन्।
मानवअधिकार सङ्गठन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक कार्यक्रममा उनले संविधान जोगाउन र लोकतन्त्रलाई सुदृढ बनाउन नियमित तथा निष्पक्ष निर्वाचन आवश्यक रहेको स्पष्ट पारे।
'मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन ।'
निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि एकमात्र विकल्प निर्वाचन भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस