Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १० : ३३ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नछ । यदि तोकिएको समयावभिधित्र संस्थापक सेयरधनीबाट सो सेयर खरीदका लागि कुनै निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
 

68ef2963ebc2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको