भोलि असोज ३१ गते विभिन्न ४ कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका नेपाल ल्यूव आयल लिमिटेड, मञ्जश्री फाइनान्स, ओरियण्टल होटल्स लिमिटेड र स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड साधारणसभा भोलि बस्दै छ ।
नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११ बजेदेखि शुरू हुँदैछ । यस कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यस कम्पनीले असोज १२ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
त्यसैगरी मञ्जुश्री फाइनान्स लिमिटेडको १८ औं वार्षिक साधारणसभा भोलि नयाँबानेश्वरस्थित थापागाउँ व्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । यस कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ । अन्य उपयुक्त कम्पनीसँग मर्जरमा जान वा वैदेशिक रणनीति साझेदारीमा जान ढोका खोल्न लागेको यस कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै ओरियण्टल होटल्स लिमिटेडको २८ औं वार्षिक साधारणसभा भोलि जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्दैछ । सेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले १ बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ। यस कम्पनीले असोज २ गतेदेखि बुक क्लोज गरिसकेको छ । त्यसैगरी स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९ औं वार्षिक साधारणसभा भोलि सुकेधारास्थित सेलिब्रेसन हाइट्समा बिहान ११ बजदेखि शुरू हुँदैछ । लाभांश प्रस्ताव नगरेको यस कम्पनीले एक स्वतन्त्र सञ्चालकको नियुक्ति र ४ सञ्चालकको निर्वाचन गर्नेछ । यस कम्पनीले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस