साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ विन्दुमा पुगेको हो ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ४३४.९० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज सेयर बजारमा ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २०९ कम्पनीका ७५ लाख १५ हजार १७८ कित्ता सेयर ३५ हजार ८३७ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस