Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १६ : ३४ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच लघुवित्तमा कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, अब आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरूले प्रभु बैंकमार्फत उत्कृष्ट र सहज बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

त्यसैगरी बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको २०२५ अवार्डले सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा दिंदै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको