गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचन विथोल्न सक्रिय रहेको आरोप लगाएका छन्।
भक्तपुरस्थित जिल्ला समन्वय समितिको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको वातावरण बिगार्न खोज्नेहरूलाई सरकारले पहिले सम्झाइबुझाइ गर्ने प्रयास गर्ने बताए। तर, सम्झाउँदा पनि नमानेमा सरकारले आफ्नो तरिकाबाट आवश्यक कदम चाल्ने चेतावनी समेत उनले दिए।
गृहमन्त्री अर्यालले भने,‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरूलाई सकभर सम्झाइबुझाइ नै गर्ने हो,त्यो एलिमेन्टहरूले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस